ताजा अपडेट »

रोटरी क्लवको नियमित वैठक सम्पन्न

आइतबार, १७ चैत्र २०७५

चैत १७,
बुटवल । १२५३ औ नियमित वैठकमा प्रमुख वक्ताको रुपमा उपस्थित नेपाल जेसिजका पुर्व अध्यक्ष एव भिजन लुम्विनीका अध्यक्ष जगतवहादुर पोखरेलले कुनै पनि कामको लागि योजनावद्ध रुपमा जानुपर्ने बताए ।

त्याग समर्पण इच्छाशक्ति भए सफलता हासिल हुने बताए । उनले हाईडेमा लगाएको लगानी कहिलै पनि लसमा नजाने भन्दै लगानीको लागि आग्रह समेत गरे । उनले रोटरीको सामाजिक अभियानले सकारात्मक भूमिका खेलेको बताउदै सामाजिक कार्यमा सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा रोटरी क्लवका अध्यक्ष डा नारायण प्रसाद पन्थले रोटरी क्लवले गरेको काम बारे जानकारी गराउदै सामाजिक कार्यमा सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा रोटरीयन शिव कुमार ज्ञवालीले प्रमुख अतिथिको वायोडाटा प्रस्तुत गरेका थिए भने रोटरीयन माधव पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । रोटरीयन मणिरत्न पाण्डे, अजयमान श्रेष्ठ, वालकृष्ण भण्डारी सचिव दया भण्डारी लगायतले बोलेका थिए । वैठकले रोटरीयन रामचन्द्र पन्थीका पिता स्व चुडाराज पन्थीको निधनप्रति शोक व्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।