ताजा अपडेट »

तालिवान लडाकूहरुको आक्रमणमा अफगानिस्तानमा १६ सैनिक मारिए

शुक्रबार, २६ भदौ २०७७

अफगानिस्तान । तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो ।

समाचार श्रोतले शुक्रबार दिएको जानकारी अनुसार विद्रोहीहरुले तीन वटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए । अफगानिस्तानमा भइरहेको द्वन्द्व समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो । यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।रासस