ताजा अपडेट »

‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन

बुधबार, २४ भदौ २०७७

बुटवल । चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो ।

‘डम्बरुको डन्डिबियो’बाट निर्देशन सुरू गरेका उनले डायरी, नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३’ चलचित्र लेखेका थिए ।  कोरोनाका कारण उनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘प्रेम गीत–३’ रिलिज भएको छैन । छेतन सन्तोष सेनसँग मिलेर ‘हु.तु.तु.’ चलचित्र निर्देशनको तयारीमा थिए ।