ताजा अपडेट »

सीपीएल: सन्दीप सम्मिलित जमैका सेमिफाइनलमा पराजित

बुधबार, २४ भदौ २०७७

काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा हारेको छ ।ब्रायन लारा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो ।

जमैकाले दिएको दिएको १ सय ८ रनको लक्ष्य ट्रिनबागोले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्सले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । जमैकाका मुजिब उर रहमानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । ट्रिनबागोविरुद्ध खराब ब्याटिङ गरेको जमैकाका लागि एनक्रुमाह बोनेरले सर्वाधिक ४१ रन बनाए ।यस्तै, कप्तान रोभम्यान पोवेलले ३३ रन बनाए । कार्लोस ब्रेथवेट १३ रनमा अविजित रहे ।

जमैकालाई सस्तैमा समेट्न ट्रिनबागोका जेरोमी होसिनले ३ विकेट लिए । खारी पेरीको नाममा २ विकेट रह्यो ।