ताजा अपडेट »

तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

मंगलबार, २३ भदौ २०७७

काठमाडौं । तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ। आज बिहान आंध्र प्रदेशमा रहेको उनकै निवासमा ह्दयघातका कारण ७४ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले सन् १९८८ 'ब्रह्मापुत्र' सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। त्यसअघि उनी प्रहरी सेवामा सब इन्सपेक्टर पदमा कार्यरत थिए । अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको 'सरिलरू निकेवरू' सिनेमामा काम गरेका थिए।