ताजा अपडेट »

मिर्गौला पीडितलाई टिम नेपो बुटवलको आर्थिक सहयोग

सोमबार, २२ भदौ २०७७

बुटवल । टिम नेपो बुटवलले उपचारर्थ एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । नेपोले बुटवलमा उपचारर्थ अर्घाखाँची जिल्ला मालारानी गाँउपालिका–४ खन निवासी मृगौला पीडित प्रदिप नेपालीलाई आर्थिक सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि समस्यामा परेका उनलाई १३ हजार आर्थिक सहयोग प्रदान गरेको हो । बिभिन्न दाताहरुबाट सहयोग स्वरुप जम्मा भएको रकमलाई टिम नेपो प्रदेश ५ का संयोजक अशोक गौतम, बुटवलका अध्यक्ष सुमन पोखरेल तथा अभियानका संयोजक आशिष खनाल लगाएतको उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष शक्ति केसी, बिराट पाण्डे लगाएतले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनहरुमा अझै सहयोगको प्रतिवद्धता जनाए । मिर्गौला पीडित नेपालीले सहयोगीलाई धन्यवाद ब्यक्त गरेका थिए ।