चैत १५,
भेनेजुएलासँग ३-१ ले पराजित खेलमा ग्रोइन इन्जुरी बोकेका मेस्सीले मोरोकोसँगको खेल गुमाए । उनी बिनाको खेल भने अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्यो ।
ला लिगामा दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंक अगाडी रहेको बार्सिलोनाले यस सिजन तीन उपाधिको लक्ष्य बनाएको छ । उक्त लक्ष्य प्राप्त गर्न बार्सिलोनाले मेस्सीको खेल समयको लागि विशेष योजना बनाएको बुझिएको छ ।
ला लिगामा एटलेटिको विरुद्ध सहज अग्रता रहेको कारण बार्सिलोनाले स्पेनिस लिगमा मेस्सीको खेल समयलाई छोट्याउने बुझिएको छ । मेस्सीलाई चोटको जोखिमबाट जोगाउन र च्याम्पियन्स लिगका लागि उनलाई फिट राख्न बार्साले यो योजना बनाएको हो ।
च्याम्पियन्स लिगमा भने बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । त्यस्तै बार्सिलोनाले कोपा डेल रे’को फाइनलमा पनि स्थान बनाएको छ । त्यसकारण मेस्सीका लागि हालको प्राथमिकता च्याम्पियन्स लिग र कोपा डेल रे’ रहेको हो । -एजेन्सी
प्रतिक्रिया