बुटवल । रुपन्देहीमा शुक्रबार एकै दिन ३ संक्रमितको मृत्यु भएको छ । बुटवलमा रहेको कोरोना विशेष अस्पताल, गौतमबुद्ध मुटु अस्पताल तथा सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा रहेका गरी ३ जनाको मृत्यु भएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ निवासी ६४ वर्षिया महिलाको बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण देखिएको थियो । अस्पतालको आई.सि.यु.कक्षमा रहेको भेन्टिलेटरमा राखि उपचार भइरहेको उनलको आज विहान ८.४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी सिद्धार्थनगर नगरपालिकामा होम आइसोलेशनमा बस्दै आएका संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदार शाहका सिद्धार्थनगर-८ का ती पुरुष गृगौलाका रोगी थिए । मृगौलाले काम नगरेपछि चितवनकामा डाईगलोसीस गराउँदै आएका थिए ।
मृगौलाले काम गर्न छाडेपछि उनको आज विहान ८ बजे मृत्यु भएको हो । यो सँगै रुपन्देहीमा शुक्रबार ज्यान गुमाउने संक्रमितको संख्या ३ पुगेको छ । आजै विहान बुटवल-८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो ।
प्रतिक्रिया