ताजा अपडेट »

अर्थ व्यवस्था उकास्न फेरि पैसा बाँड्नु पर्ने दक्षिण कोरियाको भनाइ

बुधबार, १७ भदौ २०७७

सउल । दक्षिण कोरियाका वित्तमन्त्रीले कोरोना भाइरसका कारण लागु गरिएको नयाँ नियमले अर्थ व्यवस्थामा नोक्सान पुर्‍याएकाले सरकारले केही परिवारलाई नगद बाँड्नुपर्ने बताएका छन्।

मंगलबार एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा मन्त्री हान्ग नैमले सबै परिवारलाई भन्दा पनि आवश्यक्ता रहेकालाई पैसा दिनु धेरै प्रभावकारी हुने बताएका हुन्। कोरोना महामारीले ल्याएको आर्थिक मारबाट निस्कन सरकारले मेमा सबै परिवारलाई नगद बाँडेको थियो।