दाङ । तुलसीपुरमा उपचार गर्न गएका २ महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर- ८ की ६५ बर्षीया र वडा नम्बर ९ की ६० बर्षीया महिलामा कोरोना पुष्टि भएको हो । चितवन र बाँकेको नेपालगञ्ज उपचार गर्न गएका उनीहरुको कोरोना पुष्टि भएको उपमहानरका कोभिड-१९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
६० बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको केसीले बताए । उनलाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको छ । त्यसैगरी अर्की ६५ बर्षीया महिला पोखराबाट फर्किने क्रममा चितवनमा स्वाब परीक्षण गरिएको हो । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा ल्याएको समेत उनले बताए । उपमहानगरमा हालसम्म ९६ जनामा कोरोना संक्रमण पुष्टि भएपनि ७८ जना निको भएर डिस्चार्ज भएको उनले बताए । त्यसैगरी अहिलेसम्म उपमहानरमा २७५७ जनाको स्वाब परीक्षण गरिएकोमा ४४८ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।
त्यसैगरी सोमवार घोराहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही १४ का ५२, ५९, ६५ बर्षीय पुरुष, २२, ४६ बर्षीय महिला, घोराही १५ का २१, ३०, ३३, ५०, ५६ बर्षीय पुरुष, १५ बर्षीय महिला र घोराही १० का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
सोमवारसम्म जिल्लामा ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ६९८ जना निको भएर डिस्चार्ज भएका छन् । साथै ८४ जना संक्रिय संक्रमितहरु रहेको कार्यालयले जनाएको छ । कन्ट्रयाक टे«सिङका आधारमा स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो ।
प्रतिक्रिया