काठमाडौंँ
नेपालको आर्थिक–सामाजिक विकासमा एशियाली विकास बैंक (एडिबी) ले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यही चैत १५ र १६ गते राजधानीमा हुन लागेको ‘नेपाल लगानी सम्मेलन’मा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहनु भएका उक्त बैंकका उपाध्यक्ष चेन चेनले बुधबार अर्थमन्त्री डा युवराज खतिवडासँग भएको शिष्टाचार भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपाल सरकारका प्राथमिकता अनुसारका भौतिक पूर्वाधार विकासका परियोजना, पूर्व– पश्चिम राजमार्गको स्तरोन्नति, ऊर्जा, पर्यटन पूर्वाधार तथा कृषि विकासका निम्ति सक्दो सहयोग गर्ने बताउनुभयो ।
नेपालको आर्थिक–सामाजिक उत्थानमा बैंकले गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै मन्त्री खतिवडाले ऊर्जा, सडक सञ्जालको विकास, पर्यटन प्रवद्र्धन र कृषिको आधुनिकीकरणका लागि थप सहायता परिचालन गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यस अवसरमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभको पनि उपस्थिति थियो ।-रासस
प्रतिक्रिया