बुटवल । कपिलवस्तुको महाराजगञ्जमा खेतमा पानी लगाउने विषयलाई लिएर झगडा गर्दा ५ जना कृषक घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका-४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा हातपातको अवस्था सिर्जना भएको थियो ।
सोमबार साँझ भएको झगडा तथा कुटपिटका कारण महाराजगञ्ज-४ का ५० वर्षिय मोहमद हुसेन, २८ वर्षिय अल्ताप हुसेन र ७५ वर्षिय सलिम गद्दी घाइते भएको प्रदेश ५ प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी झगडा गर्ने अर्को पक्ष सोही ठाउँका ४५ वर्षिय जुमन मिया र ४० वर्षिया जाहेदा मिया रहेकी छन् ।
घाइते मध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा सामान्य उपचारपछि कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । यसैगरी गम्भीर घाइते भएका मोहमत हुसेन र अल्ताप हुसेनको एपोलो हस्पिटल रुपन्देहिमा सिटिस्क्यानको लागि ल्याइएको छ । घाइतेहरुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया