ताजा अपडेट »

भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

सोमबार, १५ भदौ २०७७

बुटवल । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। गत अगस्ट १० मा कोरोना संक्रमण पुष्टि भएको उनको ८४ वर्षका उमेरमा निधन भएको हो ।

कोरोना संक्रमणपछि कोमामा रहेका पूर्वराष्ट्रपति मुखर्जीको सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीट मार्फट मृत्यु भएको जानकारी गराएका हुन् । प्रणब मुखर्जीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविंद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।