अर्घाखाँची । नेपालीहरुको महान् पर्व वडादशैं नजिकिदै गर्दा नेपाली कलाकारहरु यतिबेला दशैंका गीतहरु बजारमा ल्याउन कसिएका छन् । यसैक्रममा दशैंको गितहरु बजारमा ल्याउन तछाडमछाड गरिरहेको बेला टिकटक स्टार अर्जुन सापकोटा र लोक दोहोरीकी चर्चित गायीका देवी घर्ति मगरको आवाजमा रहेको "जन्मेकै गाऊ रोयो" बोलको दशैं गीत सार्वजनिक भएको छ ।
सो गीतमा लोकप्रिय मोडेल सर्जक विमल अधिकारिको उत्कृष्ट लय शब्द सृर्जना रहेको छ । भावना म्युजिक सोलुशनको अफिसियल युटुव च्यानलबाट बजारमा सार्वजनिक भएको, स्मृति तिमिल्सिना (गुरुआमा) को उत्कृष्ट निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित मोडेल विमल अधिकारि, रामचन्द्र अधिकारि (काजी बा), रोजनी सापकोटा, सुस्मिता थापा, काजी सुन्दाशको अभिनय रहेको छ ।
प्रतिक्रिया