अर्घाखाँची । पछिल्लो समयमा लाखौं श्रोताको मन जित्न सफल भएकी चर्चित गायिका देबि घर्ती र चर्चित मोडेल तथा गायक सुजन कोइरालाको स्वरमा रहेको नया लोकतथा दोहोरी गित साहारा कलमको सार्वजनिक भएको छ । खेमराज कोइराला र प्रिया रानाको उत्कृष्ट शब्द सिर्जना रहेको गितलाइ लय गणेश अधिकारीले गरेका छन् ।
सो गितमा अभिनय चर्चित मोडेल सुजन कोइराला र रमिला रोकाको रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन सुनेश क्षेष्ठको छायांकन रहेको गितलाइ दिपक बिस्टले सम्पादक गरेका छन् । गितलाइ सुजन कोइरालाको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।
प्रतिक्रिया