बुटवल । राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बुटवलका अन्तरराष्ट्रिय खेलाडी सुरज श्रेष्ठले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघ अन्तर्गत काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजना गरिएको प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा श्रेष्ठ (माउन्ट एभरेष्ट अकडेमी) ले स्वर्णपदक जित्न सफल भएका हुन् ।
चार दिन अघि पठाइएको भिडियोको नतिजा प्रकाशित नजितामा ३१/४० उमेर समुह अन्तर्गत श्रेष्ठले आफ्ना ६ जना प्रतिस्पर्धीलाई पछी पर्दै स्वर्ण हात पारेका हुन् ।साथै प्रतियोगितमा बुटवलका अर्का खेलाडी बिकास उदय (अन्नपूर्ण सेकेन्डरी स्कुल )ले ४१ माथि को उमेर समुहमा कास्य पदक तथा दाङबाट सुनिता बिष्ट (अल्फा तेक्वान्दो दोजाङ)ले पनि १८/३० उमेर समुहमा कास्य पदक जित्न सफल भएका छन् । पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश गरिएको दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए ।
प्रतियोगितामा अन्तरराष्ट्रिय निर्णायकहरु अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया