ताजा अपडेट »

गोली प्रहारबाट बुटवलमा एकको मृत्यु

बुधबार, १३ चैत्र २०७५

चैत १३,
ग्लोबल आवाज
बुटवल । बुटवल उपमहानगरपालिका –१ गढीटोलमा गोली चल्दा एकको मृत्यु भएको छ । आज बुधबार साँझ चलेको गोलीबाट घाइते भएका भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ ।
गोली लागेका फिरोज खानको लु्म्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्युु भएको हो । उनलाई छातीमा गोली लागेको थियो । अन्दाजी ५० वर्षिय खान लामो समयदेखि मैनाबगरमा काम गर्दै आएका थिए ।


उनको शब अहिले अस्पतालमा राखिएको छ । घटना पश्चात् सो क्षेत्रमा त्रास छाएको छ भने सुरक्षा वयवस्था कडा गरिएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।