गुल्मी । गुल्मीमा पर्यटकीय गनतव्य बनेको ट्रि-हाउस सुनसान भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण रेसुङ्गा नगरपालिकाको वडा नम्बर-७ उनयचौरको ‘ट्रि-हाउस’मा आन्तरिक तथा बाह्य पर्यटक नपुग्दा ६ महिनादेखि सुनसान हुँदै आएको हो । गत वर्षको भदौबाट सञ्चालनमा ल्याइएको गुल्मीको उनाएचौरको ट्रि–हाउसमा अबलोकन कर्ता जान छोडेपछि सुनसान हुँदै आएको छ ।
यसक्षेत्रमै आन्तरिक तथा बाह्य पर्यटकीय गनतव्य बन्दै आएको गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर-५, ६, ७ को संगमस्थल उनयचौरमा सल्लाको रुखमा ट्रि–हाउस निर्माण भएपछि पर्यटकको लागि अवलोकन गर्न लायक स्थल बनेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै ६ महिना यता ट्रि–हाउसमा अवलोकनकर्ता नगएपछि सुनसान बनेको छ । कोरोनाका कारण गत वर्षको चैत्र ११ गतेबाट बन्द गरिएको थियो । पुनः साउन ७ गतेबाट सञ्चालनमा ल्याइए पनि चहलपहल भने हुनसकेको छैन् ।
दैनिक १ हजार जनासम्मले अबलोक हुँदै आएको ट्रि–हाउसमा हाल भने १० देखि २० जना पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका घनश्याम पन्थीले बताए । ट्रि-हाउस सञ्चालनमा ल्याएको एक वर्षको अबधीमा झण्डै ४ लाख रुपैयाँ संकलन भइसकेको छ । अबलोकनका लागि विद्यार्थीलाई १० रुपैयाँ र अन्यलाई २० रुपैयाँ शुल्क लिइदै आएको छ । प्रदेश ५ वन मन्त्रालयको १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ आर्थिक सहयोगमा ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
ट्रिहाउसमा अवलोकन गर्न शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गर्दथे । उनायचौरमा धेरै वर्ष पहिले विमानस्थल निर्माणमा प्राविधिक समस्या देखिएपछि निराश बनेका स्थानीय पर्यटकीय पार्क ट्रि–हाउस बनेपछि उत्साहित छन् ।
प्रतिक्रिया