ताजा अपडेट »

बुटवलमा २४ जना संक्रमित थपिए, कुन वडामा कति ? (विवरणसहित)

शुक्रबार, १२ भदौ २०७७

बुटवल । बुटवल उपमहानगरमा शुक्रबार २४ जना कोरोना संक्रमित थपिएका छन् । उपमहानगरको वडा नम्बर ९ मा पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा बढी ८ जना संक्रमित थपिएका हुन् । यसैगरी वडा नम्बर १२ मा ४ जना, वडा नम्बर १३ मा २ जना तथा वडा नम्बर ३, ५, ६ र ८ मा एक÷एक जना थपिएको शिक्षा तथा जन स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले जानकारी गराए ।

बुटवल उपमहानगरमा हालसम्म २ सय ७ जना कोरोना संक्रमित एक्टिभ केस रहेका छन् । सबैभन्दा बढी वडा नम्बर ११ मा ६० जना, वडा नम्बर ३ मा २६ जना, १३ मा २५ जना, वडा नम्बर ९ मा १५ जना, वडा नम्बर ४ र ६ मा १३/१३ जना संक्रमित रहेका छन् । यसैगरी वडा नम्बर १ मा ७ जना, २ मा ४ जना, १५ मा ३ जना, १६ र १७ मा २/२ जना तथा वडा नम्बर ५ र १० मा एक÷एक जना संक्रमित रहेका छन् भने अन्य ११ जनाको ठेगाना खुलेको छैन ।

स्वास्थ्य शाखाका अनुसार उपमहानगरबाट आलसम्म ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर १ र ११ का रहेका छन् । हालसम्म वडा नम्बर ७ र १८ मा संक्रमित रहेका छैनन् ।