ताजा अपडेट »

अमेजनका मालिक बेजोसको सम्पत्ति २०० खर्ब अमेरिकी डलर

शुक्रबार, १२ भदौ २०७७

बुटवल । विश्वका अर्बपतिको सूचीमा सबैभन्दा अगाडि रहेका अमेजनका मालिक जेफ बेजोसको सम्पत्ति २०० खर्ब मेरिकन डलर पुगेको छ । इ-कमर्स प्लेटफर्म अमेजनका प्रमुख कार्यकारी अधिकृत समेत रहेका बेजोसको सम्पत्ति बढेर २०० खर्ब अमेरिकन डलर पुगेको सिएनएनले जनाएको हो ।

बेजोसले सन् १९९४ मा अमेजन कम्पनी स्थापना गरेका थिए । अनलाइनमा विभिन्न माल वस्तुको कारोबार गर्ने उनको कम्पनीको पछिल्लो ३ महिनामा नै सेयर बजारमा २५ प्रतिशतले वृद्धि भएको हो । सन् २०१७ देखि लगातार उकालो लागेका बेजोसको सम्पत्ति गत महिना मात्रै १ खर्ब ७२ अर्ब डलरबाट एकाएक बढेर २ खर्ब २ अर्ब डलर पुगेको थियो ।

लगातारको वृद्धिसँगै २ खर्ब डलर बढी सम्पत्ति हुने र नयाँ इतिहास बनाउने व्यक्तिका रुपमा उनी स्थापित भएको ब्लूमबर्ग अरबपति सूचकांकलाई उदृद्ध गर्दै सिएनएनले जनाएको छ । फोब्र्स तथा ब्लुमवर्ग बिलियनिर इन्डेक्सका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति बेजोसको सम्पत्तिमा एकैदिन ४ अर्ब ९० करोड डलरले बढेको थियो । अमेजन कम्पनीको प्रमुख कार्यकारी अधिकृत बेजोससँग एरोस्पेस कम्पनी ब्लु ओरिजिन तथा वासिङ्टन पोष्टलगायतको समेत सेयर स्वामित्व छ ।

कम्पनीमा बेजोस एक्लैको ९० प्रतिशत बढी सेयर रहेको छ । सन् २०२० को जनवरी १ मा झण्डै सवा खर्ब डलर सम्पत्तिका मालिक रहेका बेजोसको सम्पत्ति ८ महिनामा नै बढेर २ खर्ब डलर माथि पुगेको हो । १ खर्ब १५ अर्ब डलर मात्र सम्पत्ति भएका बेजोसको सम्पत्ति २ खर्ब डलर नाघेको हो । विश्वका दोस्रो धनी व्यक्ति विल गेट्सको भने बेजोसको तुलनामा ८४ बिलियन डलर कम सम्पत्ति छ ।