ताजा अपडेट »

अनुष्का र विराट आमाबुबा बन्दै

विहीबार, ११ भदौ २०७७

काठमाडौं । बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो बच्चाको आमाबुबा बन्ने भएका छन् । लामो समय प्रेममा रहेर उनीहरूले विवाह गरेको करिब २ बर्षपछि उनीहरु आमा–बुबा बन्न लागेका हुन् ।

बिहीबार सामाजिक संजालमा अनुष्का र विराटले सँगै बसेको तस्वीर सार्वजनिक गर्दै २ बाट ३ बन्ने क्रममा रहेको बताएका हुन् । उनीहरु दुवैले लेखेका छन्, ‘एण्ड देन वि आर थ्री, अराइभिङ जनवरी २०२१ ।’ कोहली र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए ।