ताजा अपडेट »

अस्वस्थ भएपछि म्यारोडोना फेरि अस्पताल भर्ना

सोमबार, ३० पुस २०७५

एजेन्सी  । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोना अस्पताल भर्ना भएका छन्  । अस्वस्थ्य भएपछि म्यारोडोना ब्युनोस आयर्सको एक अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएक छन् ।

पेटभित्र अन्तरिक रक्तश्राप भएपछि म्यारोडोना शनिबार अस्पताल भर्ना भएको बताइएको छ  । उनको शल्यक्रिया गरिने जनाएको छ  । तर, म्यारोडोनाको स्वास्थ्य स्थित जटिल भने नरहेको बेलायती समचार एजेन्सी रोयटर्सले जनाएको छ । 

८५ बर्षिय म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट घर फर्किएका थिए । अर्जेन्टिनालाई विश्वकप जिताउने खेलाडी म्यारोडोना पछिल्लो समय अस्पतालमा बढी समय बिताइरहेका छन् ।