चैत १२,
मुम्बई । रणवीर सिंहसँगको बिहेपछि दीपिका पादुकोणले फेरि फिल्ममा काम गर्न सुरु गरेकी छन् । बिहेपछिको उनको पहिलो फिल्म ‘छपाक’ हुने भएको छ । यस फिल्मको निर्देशन मेघना गुलजारले गर्नेछन् । फिल्मको दीपिकाको पहिलो लुक सार्वजनिक भएको छ।
दीपिकाको लुक चिन्न निकै गाह्रो छ । यस फिल्ममा दीपिका एसिडपीडित लक्ष्मी अग्रवालको भूमिकामा छिन् । फिल्मको कथावस्तु पनि लक्ष्मीमा आधारित छ । पिmल्ममा दीपिका र मेघनालाई पहिलोपटक सँगै काम गरेको देख्न सकिनेछ।
यो फिल्म २०२० जनवरी १० मा रिलिज हुनेछ। फिल्मको सुटिङ २५ मार्चबाट दिल्लीमा सुरु भएको छ । दीपिका यसअघि अन्तिम पटक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मवत’ मा देखिएकी थिइन् । आफ्नो जीवनीमा आधारित फिल्म ‘छपाक’ मा अभिनय गरेकोमा लक्ष्मी अग्रवाल दीपिकासँग खुसी भएकी छन् । उनले भनेकी छन्, ‘म खुसी छु । पर्दामा मेरो जीवनमा आधारित फिल्ममा दीपिकाले भूमिका निर्वाह गर्दैछिन् । मलाई उनीमाथि जज गर्ने कुनै अधिकार छैन । म पूर्ण विश्वासमा छु कि उनी निकै राम्रो अभिनय गर्नेछिन् ।’
उनले अगाडि भनेकी छन्, ‘म मेघनाजी र दीपिका जीलाई धन्यवाद दिन चाहन्छु । उनीहरुलाई मेरो जीवनमा आधारित फिल्म बनाउने सोच आयो । यो फिल्मले समाजमा जनचेतना जागृत गर्नेछ । यसबाट मेरो जीवनमा के भएको थियो भन्ने कुरा सबैले जान्नेछन्।’
प्रतिक्रिया