ताजा अपडेट »

दोस्रो विश्व युद्ध लडेका मेजरको निधन

मंगलबार, १२ चैत्र २०७५


चैत १२,
धरान । दोस्रो विश्व युद्ध लडेका पूर्व गोर्खा मेजरको निधन भएको छ । धरान उपमहानगर–११ निवासी ९४ वर्षीय पूर्व गोर्खा मेजर इन्द्रजित बनेम (लिम्बू) को निधन भएको छ ।

दोस्रो विश्व युद्ध लडेर मिलिटरी क्रस विजेता हेनरी गोर्खा मेजर बनेमको निवासमै सोमबार राति निधन भएको हो ।सन् १९३९ देखि १९४५ सम्म भएको दोस्रो विश्वयुद्धको समयमा बनेमले बर्मामा भएको युद्ध लडेर बहादुरी देखाएका थिए ।

बनेमले सन् १९६३ मा मलायाको (हाल मलेसिया) को युद्धमा बहादुरी देखाए वापत बेलायती महारानीबाट मिलिटरी क्रस पाएका थिए । छोराहरु बेलायत र अष्ट्रेलियामा रहेका कारण बनेमको अन्तिम दाहसंस्कार शुक्रबार मात्र गरिने भएको छ ।