ताजा अपडेट »

एसईई रिजल्टले ल्याएको तरङ्ग

शुक्रबार, ०५ भदौ २०७७

यस वर्षको एसईई परीक्षाको नतिजा भर्खरै प्रकाशित भएको छ । परीक्षाफल प्रकाशन भएसँगै नेपाली समाज तरङ्गित भएकोछ । नतिजालाई लिएर सकारात्मक भन्दा धेरै नकारात्मक प्रतिक्रिया आए । वास्तबमा रिजल्ट अपेक्षा गरेअनुरुप नै आएको छ ।

हरेक कुराको दुइवटा पाटा हुन्छन् । सकारात्मक र नकारात्मक । आधा पानि राखिएको गिलासलाई कसैले आधा खाली देख्छ भने कसैले आधा भरी । द्धन्दवादले दुबै पक्षको महत्व आत्मसाथ गर्छ । यसपालिको एस इ इ नतिजा प्रकाशन पछि सामाजिक संजालका भित्तामा यस्तै देखियो । एकथरीले राम्रै माने । अर्कोथरिले सन्देह व्यक्त गरे । सन्देह गर्नु, प्रश्न गर्नु अन्यथा होइन । वादे–वादे जायते तत्ववोध भनेजस्तै वादबिवादबाट नै तत्ववोध हुन्छ ।

वास्तवमा एसईई परीक्षा कक्षा दशको अन्तिम परीक्षा हो । पहिलेको एस एलसी अर्थात् विद्यालय तहको अन्तिम परीक्षा होइन । विद्यार्थीले स्कूल लिभिङ्ग सर्टिफिकेट पाउने पनि होइन । किनकी अब माध्यमिक तह उत्तीर्ण हुन कक्षा बा¥ह पास गर्नुपर्छ । त्यसैले अब यो आइरन गेट भन्ने ठ्लो हाउगूजी पैmलाउन जरुरी छैन । जसरी नर्सरी कक्षा देखी कक्षा ९ सम्मको परीक्षा उत्तीर्ण गरेर आए विद्यार्थीहरुले त्यसैगरी उनिहरुलाई अब कक्षा ११ पढ्ने ढोका खुलेको मात्र हो ।

ग्रेडिङ प्रणाली अनुसार मूल्यांकन गर्ने परिपाटी अनुसार कसैलाई पनि पास फेल नभनेर विद्यार्थीले प्राप्त गरेको ग्रेडको आधारमा अगाडिको शिक्षाको लागि मार्गप्रशस्त गरिएको हो । सगरमाथाको उचाई छुने या गेट वरपर अल्मलिएर बस्ने रोजाइ विद्यार्थीको हो । त्यसैले सबै पास भए वा धेरैले ४ जि पि ए किन ल्याए ? भन्ने प्रश्न अनुचित हुन्छ । बरु के हाम्रो विद्यालय शिक्षाले गुणात्मक फड्को मारेकै हो त ? नतिजालाई लिएर वहस गर्न सकिन्छ । हिजोको प्रणालिले पास फेल भनिदिँदा या अयोग्य भन्ने ट्याग लाग्दा करिब ५० प्रतिशत विद्यार्थी ढोका बाहिरै रहन बाध्य हुन्थे । निराश हुन्थे । पढाइ छोड्थे ।

अहिलेको नतिजाले सबैलाई हौसला मिलेको छ । उत्साह थपेको छ । यो उत्साहलाई विद्यार्थी, शिक्षक र अभिभावक सबैले कायम राख्दै उच्च शिक्षा आर्जनमा अभिप्रेरित गरौं । कोरोना ब्याच भनेर हतोत्साहित नगरौं । त्यसै पास भएको, विद्यालयले जथाभावी नम्बर दिए भन्ने रोइलो बन्द गरौं । परीक्षाको अघिल्लोे दिनसम्म तयारी पूरा गरेर बसेका थिए विद्यार्थीहरु । कोभिड–१९को विषम परिस्थितिका कारणले स्थगित भएको हो । यसमा न उनिहरुको कुनै आग्रह थियो न कुनै माग ।

आफ्ना नानिबाबुहरुलाई विद्यालयले लिएको परिक्षाको मार्कसिट सामाजिक सञ्जालमा राखेर खुशी साट्ने अनि बधाई लिनेहरुले समेत अहिले कक्षा १०को अन्तिम परीक्षामा विद्यालयले गरेको मुल्याङ्कनलाई सार्वजनिकरुपमा तेजोबोध गरिरहेका छन् । के राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालन गर्न नसक्नुमा विद्यार्थी दोषी छन् ? परीक्षा विद्यालयले लिने भन्ने कानुनि व्यवस्था हुनुमा विद्यार्थीको के दोष ? के यस अघिका वर्षमा राम्रो जिपिए ल्याउने विद्यार्थी नै हुन्थेनन् त ? के सबै ५ लाख विद्यार्थीले अहिले सित्तैमा नतिजा पाएका हुन ?

तीन घण्टाको परीक्षाबाट विद्यार्थीले १०–१२ वर्षसम्म आर्जन गरेको ज्ञानको परिक्षण गर्न सकिदैन । यो बैज्ञानिक पनि हुन्न । विश्वभर नाम चलेका राम्रा विश्वविद्यालयहरुमा आन्तरिक मुल्यांकनलाई प्रमुख आधार मानिन्छ । ग्रेडिङ्ग प्रणालीले खासमा परिमाणात्मक पक्षलाइ भन्दापनि गुणात्मक पक्षलाई जोड दिन्छ । तर हामी कहाँ प्रतिशतको ह्याङ्ग अझै गएको छैन । जि पि ए को अर्थ धेरैले बुझेको पाईंदैन । समग्र नतिजामा यति ग्रेड (जिपिए) आयो भन्नुपर्नेमा ए प्लस, ए आयो भन्नु बुझाइको कमि हो ।

विगतमा पनि ग्रेडिङ्ग प्रणाली लागु भएपछी विद्यार्थीको मुल्याङ्कन गर्दा, कापी जाँच जसरी हुन्थ्यो त्यो गलत थियो । खासमा विद्यार्थीले वर्षभरी गरेका शैक्षिक गतिविधि र आन्तरीक परीक्षाको आधारमा विषय शिक्षक र विद्यालयले गरेको मुल्याङ्कनको भार समाबेश हुनुपथ्र्यो । तर मात्र प्रयोगात्मक अंक भरेर पठाउने कर्मकाण्डी परिपाटी थियो । कुल ८०० पुर्णाङ्कमा करिब २५ प्रतिशतसम्म प्रयोगात्मक अंक दिएर पठाउथे स्कुलहरुले । त्यतिबेला यतातर्फ खासै कसैको ध्यान गएको थिएन । अहिले तिनै विद्यालयलाई सरकारले विशिष्ट परीस्थितीका कारण विश्वास गरेर र एउटा स्पष्ट मापदण्ड बनाएर आन्तरीक मुल्याङ्कन गर्ने जिम्मेवारी सुम्पेको हो । त्यसैले जानेबुझेकाहरुले नै अबिश्वास पैदा हुनेगरी विचार संप्रेषण गर्नु खेदजनक कार्य हो । खास गरेर निजी विद्यालयहरुप्रति धेरैले सन्देह गरेको देखिन्छ ।

नेपालमा गुणस्तरका हिसाबले विद्यालय शिक्षाको साख यिनै निजी विद्यालयहरुले जोगाएका छन् । त्यसैले कुण्ठा राखेर र पुर्वागही भएर्र उनिहरुप्रति सन्देह गर्नृु अन्याय हुन्छ । त्यसैले शंकाको सुविधा दिऔं, निन्दा नगरौं । कहि कतै बदमासी भएको रहेछ भने छानबिन गर्न सकिएला । हिजो पनि मुल्याङ्कन गर्ने त उनै शिक्षक थिए । हिजोका बाह्य परीक्षक र आजका आन्तरिक मुल्याङ्कनकर्ता शिक्षक नै हुन । कतिपय शिक्षक साथिहरुबाट नै नकारात्मक टिकाटिप्पणी आउनु आपैmले आफुलाई अविश्वास गरेजस्तो देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डका कापि परिक्षण गर्नेपनि हामी शिक्षक नै हो । विद्यालयका कापी परीक्षण गर्ने पनि हामी नै हो । अनि हामी शिक्षकले नै आफुले गरेको मुल्याङ्कनमा नै प्रश्न किन ? आन्तरिक मुल्याङ्कनको यसरी धज्जी उडाउने हो भने शिक्षकको विश्वसनियता के ? हाम्रो नैतिकता के ? असहज परिस्थितिमा सरकारले गर्नुपर्ने जे थियो त्यहिँ ग¥यो । विद्यालयले पनि आफ्नो अधिकार र कर्तव्यको पूर्ण पालना गरे भनेर विश्वास गरौं ।

यत्रो ठूलो संख्यामा पास आउट भएका विद्यार्थीलाई कक्षा ११ र १२ मा कसरी व्यबस्थापन गर्ने हो ? सरोकारवलाहरुको ध्यान यता जान जरुरी छ अब । भद्रगोल र अस्तव्यस्त अवस्था नहुँदै पूर्वतयारीमा लाग्नु यतिबेलाको टड्कारो आवश्यकता हो । नतिजाबाट विद्यार्थी र अभिभावकहरु बहिकिनु हुन्न । विद्यार्थीको रुचि र क्षमता अनुसारका विषय स्वतन्त्ररुपमा छनोट गर्न दिउँ । हाम्रा अभिलाषा र महत्वकांक्षाको बन्दी नबनाऔं । हौसला दिऔं । हौसला दिन सकिदैन भने निरुत्साहित नगरौं । कुप्रचार र नकारात्मक अभिव्यक्तिले अबोध बाल मस्तिष्कमा नकारात्मक असर पर्छ । तपाईं हामीलाई उनिहरुले हेर्ने दृष्टिकोण बदलिन्छ । समाजले पनि त्यसको मुल्याङ्कन गरिरहेको छ । त्यसैले एस इ इ उत्तीर्ण विद्यार्थीलाई अपराधी करार नगरौं । बधाई दिन कन्जुस्याईं नगरौं । प्रत्येक व्यक्तिमा आफ्नो जीवनको दिशा परिवर्तन गर्न सक्ने शक्ति र सामथ्र्य हुन्छ भन्ने कुरा हामी सबैले आत्मसाथ गरौं ।

हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना सबै भाइबहिनी, अभिभावक, शिक्षक र विद्यालय परिवारलाई ।