ताजा अपडेट »

कुवेतसँग मैत्रीपूर्ण खेल:नेपाल १-० ले पराजित

मंगलबार, १२ चैत्र २०७५

कुवेतसँगको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पराजित भएको छ । सोमबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली कुवेतसँग नेपाल पराजित भएको हो । कुवेतसँगको पहिलो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा रोकिएको थियो।

दोस्रो खेलमा कुवेतले पेनाल्टीमार्फत एक गोल गरेको हो। खेलको २९ हौं मिनेटमा कुवेतले खेलको निर्णायक गोल गरेको थियो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । जुन अवसरलाई युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाए ।