ताजा अपडेट »

राष्ट्रिय झन्डा जलाएर म्युजिक भिडियो बनाउने ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ

बुधबार, ०३ भदौ २०७७

बुटवल । नेपालको झण्डा जलाउँदै जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीत बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् । विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउनेरगाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । उत्तm गीतको भिडियोविरुद्ध अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ । गीतमा ब्राह्मणलाई देशद्रोही, झण्डालाई ब्रा, ढाका टोपीलाई ढाल जस्ता शब्दको प्रयोग गरिएको छ । भिडियोलाई हटाउन समेत माग गरिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त भिडियो सुटिङ गरेको देखिन्छ ।