ताजा अपडेट »

राष्ट्रिय झण्डा जलाउँदै गीत तयार : चौतर्फी विरोध, प्रहरीले थाल्यो अनुसन्धान

मंगलबार, ०२ भदौ २०७७

बुटवल । नेपालको साम्प्रदायिक सद्भावमा खलल पु-याउने गीत देशद्रोही सार्वजनिक भएको छ । मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गर्दै नेपाली झण्डा जलाइएको छ । अहिले यो गीतको अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।

ग्याल्जेन दोर्जे तामाङले ल्याएको गीतले नेपाली मूल्य, मान्याता तथा संस्कृतिमा आपत्तिजनक शब्दको प्रयोग गरिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त भिडियो सुटिङ गरेको देखिन्छ । गीतमा ब्राह्मणलाई देशद्रोही, झण्डालाई ब्रा, ढाका टोपीलाई ढाल जस्ता शब्दको प्रयोग गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

https://twitter.com/bishwaprakash77/status/1295636821074800640?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1295636821074800640%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F41838%2F2020%2F8%2F18%2Ffiring-at-nepali-national-flag

प्रहरीले थाल्यो अनुसन्धान

नेपालको जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतविरुद्ध प्रहरी अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त विवादीत गीतको विषयमा अनुसन्धान अघि बढाइएको हो । गीतको गायक ग्याल्जेन दोर्जे तामाङको खोजी भैरहेको बताइएको छ ।

गीतको भिडियो :-

https://youtu.be/THyGVAWzSx4