कोभिड–१९ ले विभिन्न क्षेत्रहरुमा नकारात्मक प्रभाव पारेको छ । विशेषगरी शिक्षा क्षेत्रमा यसले बढी प्रभाव पारेको छ । विभिन्न विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्ने लाखौ विद्यार्थीहरुमा नकारात्मक प्रभाव पारेको छ । कोभिड– १९ का कारण विद्यालय कलेज जानबाट बञ्चित भएका विद्यार्थीहरुमा मानसिक रुपमा नकारात्मक प्रभाव पारेको छ । जसका कारणले विद्यार्थीहरुको भविष्य माथि नै यसले प्रश्न चिन्ह उत्पन्न भएको छ ।
विश्व यतिबेला कोभिड १९ को संक्रमणबाट प्रभावित भएको छ । सन् २०१९ को अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको यो रोगलाई संयुक्त राष्ट्र संघ स्थापना पछिको गम्भीर संकट रुपमा लिएको छ । जुन तथ्यलाई यसका बारेमा भइरहेका विभिन्न अध्ययन अनुसन्धानले पनि प्रमाणित गरिरहेका छन् । सन् २०१९ को अन्तिम साताबाट फैलिएको यस रोगबाट यो लेख तयार पार्दासम्म विश्वका २१५ देश र दुई अन्तराष्ट्रिय पानी जहाज प्रभावित बनिसकेका छन् । जसमा २ करोड २० लाख ५२ हजार बढी मानिसहरु प्रभावित भएकोमा ७ लाख ७७ हजार ४७७ भन्दा बढीले ज्यान गुमाएका छन् ।
नेपालमा यो रोगबाट २५ हजार भन्दा धेरै नेपालीहरु संक्रमित भएका छन् भने १०० जनाले ज्यान गुमाई सकेका छन् । त्यसैगरी विश्वमा १ करोड ४७ लाख ९५ हजार ८४३ जनाले यो महामारीको लडाइँमा सफलता प्राप्त गरी घर फर्किएका छन् । नेपालमा अहिलेसम्म २७ हजार २४१ संक्रमित भएकोमा १७ हजार ४९५ जना निको भएर घर फिर्ता भए भने १०७ जनाले ज्यान गुमाई सकेको अवस्था छ । विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगलाई पूर्ण रुपमा मानव नियन्त्रित गर्न करिब दुई वर्ष लाग्ने र नियन्त्रणका लागी विभिन्न किसिमका प्रयासहरु भईरहेका छन् ।
कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विभिन्न क्षेत्रहरुमा नकारात्मक प्रभाव पारेको छ । विशेषगरी शिक्षा क्षेत्रमा यसले बढी प्रभाव पारेको छ । विभिन्न विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्ने लाखौ विद्यार्थीहरुमा नकारात्मक प्रभाव पारेको छ । कोभिड– १९ का कारण विद्यालय कलेज जानबाट बञ्चित भएका विद्यार्थीहरुमा मानसिक रुपमा नकारात्मक प्रभाव पारेको छ । जसका कारणले विद्यार्थीहरुको भविष्य माथि नै यसले प्रश्न चिन्ह उत्पन्न भएको छ । विद्यार्थीहरुको मनोवलमा यसले प्रभाव पारेको छ । कोरोना भाईरस लामो समय सम्म रहने भएकाले विद्यार्थीहरुलाई यसको अन्त्य कहिले हुन्छ र कहिले बाट विद्यालय खुल्छ भन्ने मानसिक तनाव सिर्जना भएको छ ।
यतिबेलाको समयमा उनीहरुको मनमा विभिन्न किसिमका नकारात्मक कुराहरुले प्रभाव पारेको छ । जसको कारणले उनीहरु मानसिक तनाबमा लिएर बसिराखेका छन् । विद्यार्थीहरुलाई आफ्नो भविष्यको चिन्ता दिन प्रतिदिन बढ्दै गईरहेको छ । कैयौं विद्यालय, विश्वविद्यालय बन्दाबन्दीको अवस्थामा विगत ४ महिनादेखि छन् । राष्ट्रिय राष्टिय परीक्षा बोर्डले १२ को परीक्षा पनि आजसम्म सञ्चालन सम्बन्धित कुनै नियर्ण लिन सकेको छैन अझै कति समयसम्म नहुने हुने अन्योलमा छ । यसरी परीक्षा समयमा नहुदा परीक्षाको लागि तयारी गरेर बसेका विद्यार्थीहरुमा नकारात्मक प्रभाव पारेको छ । आफूले एक वर्षसम्म अध्ययन गरेका कुराहरु पनि विद्यार्थीहरुले भुल्दै जाने गर्दछ । जसको कारण उनीहरुलाई फेरि त्यही पुरानै अवस्थामा आउन निकै गाहे हुने गर्दछ ।
यसैगरी विभिन्न विश्व विद्यालयका वार्षिक तथा सेमेष्टर प्रणालीका परीक्षाहरु लामो समय देखि स्थगित रहेका छन् । पछिल्लो समयमा विश्व विद्यालयले परीक्षा हुने कुरा गरेता पनि कोरोना भाईरस फेरि बढ्दै गएको भन्दै स्थगित गरेको छ अब परिक्षा कहिले कुन समयमा गर्ने भनेर विश्व विद्यालय आफैं अन्योलमा छ । यसरी समयमा परीक्षा सञ्चालन हुन नपाउँदा विद्यार्थीहरुमा मानसिक रुपमा निकै नै प्रभाव पारेको छ । कोभिड १९ अर्थात् कोरोना भाईरस नेपालमका ७७ वटै जिल्लामा फैलिएको छ पछिल्लो समयमा केही जिल्लाहरु कोरोना भाईरस मूक्त जिल्ला भएका छन । भने जोखिम भने अझै पनि कायम रहेको छ । पछिल्लो समयमा कोरोना भाईरस विभिन्न ठाउँमा समुदाय स्तरमा पनि फैलिएको पाईन्छ ।
यसरी कोरोना भाइरस फैलिरहदा ७७ वटै जिल्लाका विद्यार्थीहरु प्रभावित भएका छन । यसरि लामो समय सम्म घरमा बस्दा विद्यार्थीहरुको दिमागमा नकारात्मक प्रभाव पार्दछ । निजि तथा केही सरकारी विद्यालयहरुले अनलाइन कलास सञ्चालन गरेता पनि यसको सकारात्मक प्रभाव केहि विद्यार्थीहरुलाई मात्र परेको छ । हाम्रो देशमा अनलाइन कलासको प्रयोग असम्भव छ । किनभने हाम्रो देशमा न त सबै ठाउँमा राम्रो सँग चल्ने इन्टरनेट छ भने अर्को तर्फ सबै विद्यार्थीको हातमा न स्मार्ट फोन तथा कम्प्यूटर, ल्यापटप छन् । यसरी अनलाइन कलास सञ्चालन गर्दा ३० प्रतिशत विद्यार्थीले यसको प्रयोग गरिरहेका छन भने ७० प्रतिशत विद्यार्थीहरु भने अनलाइन कलास बाट बचिञ्त हुन्न छन् ।
नेपाल जस्तो अविकशित देशमा अनलाईन कलास सञ्चालन गर्न असम्भव नै छ । अधिकांश विद्यार्थीका अभिभावकहरु गरिबीको रेखामुनीको जीवनस्तरमा छन् । उनीहरुले बिहान साझँ काम गरेतापनि एक छाँक खाना खान कठिनाई छ । यसरी खाना खानको लागि खर्च जुटाउन कठिनाई भएको समयमा उनीहरुले कसरी आफ्नो छोराछोरीलाई इमेल इन्टरनेटको सुविधा दिन सक्छन रु यस विषयमा सरकार तथा सरोकारवालाले पनि समयमा नै ध्यान दिई अनलाइन कलासको विकल्प खोज्नु पर्ने आजको आवश्यकता रहेको छ । कसरी सबै विद्यार्थीलाई सहज तरिकाले उनीहरुलाई अध्ययन गराउन सकिन्छ यसको बारेमा नेपाल सरकारले समयमा नै निकर्ष निकाल्नु पर्ने हुन्छ । यसरी बन्दाबन्दीको अवस्थामा रहेका लाखौ विद्याथीहरुलाई केही मात्रामा भए पनि राहत महशुस हुने गरी समयमा नै नेपाल सरकारले छिट्टै निर्णय गरोस् ।
प्रतिक्रिया