ताजा अपडेट »

दाङमा भारतीय गाडी निषेध : फलफुलसहितको ८ ट्रक फिर्ता पठाइयो

मंगलबार, ०२ भदौ २०७७

तुलसीपुर । भारतीय नम्बर प्लेटसहितका मालवहाक ट्रकलाई सोमबार दाङबाट फिर्ता पठाइएको छ । भारतबाट फलफुल लिएर आएका ट्रकलाई सामानसहित फर्ता बठाइएको हो । कोरोना संक्रमणको महामारी फैलिएको अवस्थामा भारतबाट निर्वाध रुपमा तुलसीपुर तरकारी तथा फलफुल बजारमा ल्याइएको ८ ट्रकलाई रोकेर फिर्ता पठाइएको हो । कोरोनाबाट सुरक्षित रहने कुनै पनि उपाय अवलम्बन नगरेर उनीहरु तुलसीपुर आएका थिए ।

भारतबाट मानिस आउन रोक लगाइएको बेलामा बोर्डर क्रस गरेर यस्ता गाडीहरु दिनहुँ आउने गरेको स्थानीयले जानकारी गराए । चाडपर्वलाई लक्षित गरेर भारतबाट ठूलो परिमाणमा फलफुल भित्रिने गरेको छ । लकडाउनको समयमा कुनै पनि अवरोध विना भारतबाटै फलफुल बोकेका गाडीहरु आउने गरेका छन् ।

‘गाडीमा चालक सहचालक लगायतका आउने गरेका छन् । उनीहरुबाट संक्रमण फैलने धेरै सम्भावन हुने गर्दछ ।’ –तुलसीपुरको कोभिड फोकल पर्सन विमल केसीले वताए । उनले समुदायस्तरमा कोरोना फैलन सक्ने भन्दै तत्काल भारतबाट फलफुल ल्याउन बन्द गर्नुपर्ने सुझाव दिए । सानो लापरबाहीले पनि कोरोनाले महामारीको रुप लिन सक्ने भन्दै उनले सबैलाई सचेत रहन आग्रह समेत गरे ।

भारतबाट दैनिक दर्जनौ गाडी फलफुल बोकेर दाङ्ग आउने गरेका छन् । सोमबार तुलसीपुरबाट ८ वटा गाडी प्रहरीको स्कटिङ्गमा फिर्ता पठाइएको हो । ‘सबैको समन्वयमा अब नआउने गरी फिर्ता पठाइएको हो ।’–सचिव माधव घिमिरेले भने । उनले बाहिरबाट ल्याउनुपरे पनि सिधै नल्याएर नेपालको कुनै ठाउँमा पल्टि गरेर ल्याउनुपर्ने सुझाए ।