ताजा अपडेट »

अमेरिकाले दिने सहयोग स्वीकार नगर्न सरकारलाई सचेत...

सोमबार, ११ चैत्र २०७५

चैत ११,
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले मित्र देशसँगको सम्बन्धमा दख्खल पुग्ने सर्तसहित संरा अमेरिकाले नेपाललाई दिने भनिएको आर्थिक सहयोग कुनै पनि हालतमा स्वीकार नगर्न नेपाल सरकारलाई सचेत गराएको छ ।
पार्टीका सचिव प्रेम सुवालले आइतबार एक वक्तव्य जारी गरी नेपालले साम्राज्यवादी सर्तको खुलेरै विरोध गर्नुपर्ने बताएका छन्  । वक्तव्यको पूर्ण विवरण प्रस्तुत छ ः
संरा अमेरिकी सरकारले नेपाललाई रू. ५६ अर्बको आर्थिक सहयोग गर्ने बताएको थियो । उक्त सहयोग प्राप्त गर्न हालै संरा अमेरिकी सरकारले नेपाललाई मित्र देश प्रजग कोरियाविरुद्धको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्न र छिमेकी देश चीनबाट अवैधरुपमा नेपाल भागेर प्रवेश गरेका तिब्बतीहरूलाई पृथकतावादी दलाई लामाको आश्रयस्थल भारत पठाई चीन फिर्ता नगर्न दुई वटा सर्त राख्यो ।
संरा अमेरिकी सरकारको यो सर्त नेपालको आन्तरिक तथा परराष्ट्र मामिलामाथि हस्तक्षेप हो भने नेपालप्रतिको हेपाहा नीति हो । नेपाल मजदुर किसान पार्टी उक्त सर्तको विरोध एवम् भत्र्सना गर्दछ । छिमेकी देश चीन र एसियाली मित्र देश प्रजग कोरियासँगको मित्रतामा खलल पु¥याउने र अन्ततः एसियामा अशान्ति मच्चाउने संरा अमेरिकी सरकारको तथाकथित सर्तसहितको सहयोग कुनै हालतमा स्वीकार नगर्न नेमकिपा नेपाल सरकारलाई सचेत गराउँदछ ।
बिम्स्टेक सम्मेलन र हिन्द–प्रशान्त सैन्य गठबन्धन हुँदै एक एक पाइला गरी नेपालमा समेत अमेरिकी सैनिक अखडा तयार गर्ने नयाँ चाँजोपाँजोको रूपमा यो सर्त आएको देखिन्छ । यसकारण नेपाल सरकारले उक्त सर्तको खुलेरै विरोध गर्नु आवश्यक छ । सार्वभौम र स्वतन्त्र देशहरू अफगानिस्तान, लिबिया, सिरिया, इराक, इरानलाई जस्तै नेपाललाई पनि युद्धमा फसाउने यो सहयोग ‘चरालाई चारा खुवाएर जालमा पार्ने’ षड्यन्त्रजस्तै हो ।