११ चैत ,
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २०० रुपैंयाँले बढेको हो ।
आइतबार ६० हजार ४०० मा कारोबार भइरहेको सुनको मुल्य सोमबार बढेर ६० हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन ६० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया