चैत ११,
काठमाण्डौ । नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर गरिएको छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।
काठमाडौं नेपाली श्रमिकलाई जापान लैजाने विषयमा नेपाल र जापानबीच सोमबार कामदारको क्षेत्रमा सहकार्यको समझदारी एमओसीमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर भएसँगै आगामी अप्रिल १ देखि नेपाली कामदार जापान लैजाने विषयमा प्रक्रिया अघि बढ्ने छ ।
यो समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानमा नेपाली कामदार पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा गरिनेछ । कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका छन् ।
संयन्त्र खडा भएसँगै जापानमा कामदार पठाउने प्रक्रियामा म्यानपावर व्यवसायीलाई संलग्न गराईने छैन् । नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्न लागेको हो ।
दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका छन् । जापान अन्तर्राष्ट्रिय मान्यताअनुरुप नेपाली कामदारको आपूर्ति र कानुनी व्यवहार गर्न सहमत भएको छ । नेपाली कामदारले पनि जापानकै नागरिक सरह सेवा सुविधा पाउनेछन् ।
प्रतिक्रिया