बुटवल । नोबेल शिक्षण अस्पताल विराटनगरले २ हजार ६सयमा कोरोना परीक्षण गर्ने भएको छ । अस्पतालले एक हप्ता भित्रै सो शुल्कमा पिसिआर परीक्षण गर्न लागेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
अस्पतालले आफ्नै लागतमा यू.एस. टेक्नोलोजिको चाइनिज मेशिन खरिद गरेर ल्याएको हो । ‘हामीले अस्पतालको आफ्नै लागतमा नेपालमा पहिलो पटक उक्त मेशिन खरिद गरेर ल्याएका हौं, अहिले मेसिन अस्पतालमा आइसकेको छ, यस मेशिनबाट पिसिआरको रिपोर्ट ४५ मिनेटमा नै आउने छ’–प्रबन्धक दाहालले भने । उनले अघि भन्ने ‘एक पटकमा १९६ जनाको स्वाब परीक्षण गर्न मिल्छ ।’ पछिल्लो समय कोरोनाको संक्रमण समुदायस्तरमा पुगेकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर उक्त सेवा दिन लागेको दाहालले बताए ।
तर सरकारले पिसिआर परीक्षण गर्न लागि ५ हजार ५०० शुल्क तोकेको छ। यस अघि नै सरकारले सातै प्रदेशमा शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो । सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दा बाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरेको छ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।
प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नम्बर २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नम्बर ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् ।
प्रतिक्रिया