ताजा अपडेट »

बुटवलमा कोरोनाबाट अर्का एक जनाको मृत्यु, देशभर मृत्यु हुनेको संख्या १००

शनिबार, ३१ साउन २०७७

बुटवल । कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । शनिबार विहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सय पुगेको हो ।

कपिलवस्तुका ४२ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती संक्रमित तीनदिन देखि अस्पतालमा उपचार गराइरहेका थिए । उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । ४२ वर्षीय ती पुरुषलाई आइसीयूमा भर्ना गरेर उपचार जारी थियो ।

बिरामीको शुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनको पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ । उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए । यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।

हालसम्म प्रदेश ५ मा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या १३ जना, प्रदेशमा ९ जना, प्रदेश २ मा ४२ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा ६ जना, कर्णाली प्रदेशमा ४ तथा सुदुर प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।