ताजा अपडेट »

मध्यरातदेखि बुटवल बन्द, कुन-कुन क्षेत्र खुल्छन् ? (विवरणसहित)

विहीबार, २९ साउन २०७७

बुटवल । आज (विहिबार) रातीदेखि बुटवल उपमहानगरपालिका बन्द हुँदै छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिँदै गएपछि बुटवल उपमहानगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो । बुधबार उपमानगरको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले आज राती ११.४५ देखि आगामी भाद्र ५ गते राती ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र सञ्चालनमा आउन पाउने छन् । खाद्यान्न, दुग्ध तथा तरकारी, डिपार्टमेन्ट स्टोरहरु निश्चित समयसम्म मात्रै सञ्चालनमा आउन दिइने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी गराए । यसैगरी लकडाउन अवधिमा उपमहानगर तथा सबै वडाबाट कोभिड-१९ तथा दैविप्रकोप सम्बन्धि आवश्यक सिफारिसका काम बाहेक सबै सेवा बन्द गरिने छ । बुटवल हुँदै चल्ने लामो दुरीका सवारीका साधानलाई बुटवलमा यात्रु तथा सामान ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अपनाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत शर्माले दिएको जानकारी अनुसार बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीका ५० प्रतिशत कर्मचारी मात्रै उपस्थित हुने गरी कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । बैंक तथा वित्तिय संस्था विहान १० बजेदेखि दिउसो २ बजेसम्म मात्रै खुल्न पाउने छन् । यसैगरी दुध डेरी विहान ७ बजेदेखि ११ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालनमा आउन पाउने भएका छन् । लकडाउन अवधिमा सार्वजनिक, नीजि तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक बाहेक सञ्चालनमा ल्याउन नपाइने उनले बताए । लकडाउन अवधिमा ठेला तथा दुई पाङ्ग्रेलगायत कुनै पनि साधानमा राखी पुथपाथ, सार्वजनिक स्थाल तथा बजारमा व्यापार गर्न रोक लगाइएको छ ।

सम्बन्धित समाचार

https://www.globalaawaj.com/archives/49363
https://www.globalaawaj.com/archives/49437