बुटवल । सरकारले ठूला उद्योग, सपिङ मल तथा होटल व्यवसायीले आफ्ना कर्मचारी तथा मजदुरहरुको अनिवार्य पिसिआर परीक्षण गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनिहरुलाई स-शुल्क पिसिआर परीक्षण गराउन आग्रह गरेको छ ।
पछिल्लो समय कोभिड-१९ संक्रमण बढ्दै गएपछि सरकारले उद्योगीहरुलाई आफ्ना कर्मचारी तथा मजदुरहरुलाई पैसा तिरेर अनिवार्य पिसिआर परीक्षण गराउन आग्रह गरेको हो ।
प्रतिक्रिया