ताजा अपडेट »

क्लबद्वारा बजारमा सिसी क्यामरा जडान

आइतबार, १० चैत्र २०७५


चैत १०,
ग्लोबल आवाज
गुल्मी । गुल्मीको रिडी बजारमा पहिलो पटक सिसी क्यामरा जडान भएको छ । बजार क्षेत्र भित्र हुनसक्ने दुर्घटना र शान्ति सुरक्षामा सघाउ पु¥याउने उदेश्यले बजार क्षेत्र भित्र जडान गरिएको रुरु फ्रेण्ड क्लवले जनाएको छ ।

रुरु गाउँपालिकाको वडा नम्बर स्थित रिडी बजार क्षेत्रमा रुरु फ्रेण्ड क्लवले बिभिन्न स्थानमा १२ वटा सिसी क्यामरा जडान गरेको क्लवले जनाएको छ । रिडीमा रहेको क्लवले सामाजिक कार्य स्वरुप बजार क्षेत्रमा सिसी क्यामरा जडान गरेको क्लवले जनाएको छ । बजार क्षेत्र भित्र अति ब्यस्त स्थान बसपार्क र बजारका बिभिन्न स्थानहरुमा सिसी क्यामरा जडान गरिएको क्लवले जनाएको छ । क्लवले करिब ३ लाख बढि लागतमा सिसी क्यामराहरु जडान गरेको हो ।


बजार क्षेत्रमा सिसी क्यामरा जडान भएपछि दुर्घटना न्यूनिकरणसँगै शान्ति सुरक्षा,चोरी लगायतका अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्न सघाउ पु¥याउने स्थानीयले बताएका छन् ।