ताजा अपडेट »

हतियार बुझाउन विप्लव समूहलाई प्रधानमन्त्रीको आग्रह

आइतबार, १० चैत्र २०७५

चैत १०,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयसीमा भित्र हतियार बुझाउन नेकपा विप्लव समूहलाई आग्रह गरेका छन् । नबुझाए कसरी हतियार लिनुपर्छ सरकारलाई राम्रोसँग जानकारी रहेको उनले बताए ।

आज आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानूनअनुसार नियन्त्रण गर्न लागिएको बताए । उनले भने, ‘राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’

यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’

कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्दै उनले भने, दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानूनअनुसार नियन्त्रण गर्छ ।’