ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका २ जनाको मृत्यु

बुधबार, २८ साउन २०७७

बुटवल । बुटवलको धागो कारखानामा रहेको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ ।

आइसोलेशनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका- २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी उनले बताए । उनको गर्ने तयारी भैरहेको बताए ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएको र दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको फोकल पर्सन थापाले बताए ।