तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकाले समुदाय स्तरमा नमुना स्वाब संकलन गरि पीसीआर परीक्षण सुरु गरेको छ । गाउँपालिकाले संक्रमण सम्भावित समुदाय स्तरका चोक तथा बजार क्षेत्रमा पुगी संकलन गरेका स्वाब परीक्षणका लागि ल्याबमा पठाइएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले जानकारी दिए ।
तिनाउका वडा नं. ६ मा अवस्थित डुम्रे दुग्ध उत्पादक सहकारीका कर्मचारीहरु, वडा नं. ५ का चर्चरे, जोरधारा तथा केराबारी लगाएतका स्थानबाट ३० वटा स्वाब संकलन गरि पठाईएको छ । गाउँपालिका अन्तरगतका अन्य सम्भावित ठाउँहरुमा समेत नमुना स्वाब सकंलन गरि परीक्षणको लागि पठाइने स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए ।
गाउँपालिकामा हालसम्म भारतबाट घर फर्किएका ८ जनालाई कोरोना संक्रमण देखिएको छ । उनीहरुलाई जिल्लाकै तानसेनमा स्थापना गरिएको अस्पताल तथा आइशोलेसन सेन्टरमा राखि उपचारपछि निको भएर घर पठाइएको छ ।
प्रतिक्रिया