ताजा अपडेट »

त्रिविद्वारा भदौमा गर्ने भनिएको इन्जिनियरिङ अध्ययन संस्थानका परीक्षाहरु स्थगित

आइतबार, २५ साउन २०७७

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा गर्ने भनेको परीक्षा स्थगित गरेको छ । भदौ अन्तिम साता गर्ने भनिएको स्नातक र स्नात्तकोत्तर तहको परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरस माहामारीको कारण देखाउँदै त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको सो संकायले आइतबार एक विज्ञप्ति जारी गर्दै गत साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित गरेको हो । इन्जिनियरिङ संस्थान डिनको कार्यालयले तत्कालका लागि परीक्षा स्थगित गर्ने र अनलाइन कक्षा सञ्चालन गर्ने जनाएको छ  ।