ताजा अपडेट »

आर्थिक रुपान्तरणको बलियो आधार कृषि

आइतबार, २५ साउन २०७७

नेपाली कृषि प्रणालीको सुरुवात पनि विश्व कृषि प्रणालीकै इतिहासबाट भएको मानी अध्ययन गरिदै आएको छ । साधारण अर्थमा भन्ने हो भने खानाको लागि अनाजको उत्पादन गर्नु , लगाउनको लागि कपास र रेशमको उत्पादन गर्नु साथै अन्य विविध उद्देश्यले अनाजको उत्पादन गर्नु कृषि हो जमिनबाट फसल उत्पादन गर्ने क्रियाकलापलाई कृषि कार्यको उत्पत्ति कहिले, कसरी, कहाँबाट, भयो भन्ने कुराको यकिन गर्न कठिन छ तापनि यो आदिम कालदेखि नदीको किनारबाट शुरु भई अन्यत्र फैलिएको भन्ने सर्वमान्य भइसकेको छ ।

संसारमा मानव सभ्यताको सुरुवात यही कृषि कार्यबाट भएको हुनाले कृषिलाई नै विश्वको सबैभन्दा पुरानो संस्कृती मानिन्छ । अर्थात् कृषि कार्य संग मानव समुदायको प्राचिनकालिन इतिहास जोडिएको कुरालाई सर्वमान्य, स्विकार गरिएको छ । हाल विशवमा करिब ७० प्रतिशत मानिस कृषि पेशामा संलग्न छन् उदाहरणका लागी ब्रिटेन २० प्रतिशत, पश्चिम जर्मनी ८ प्रतिशत, जापान १५ प्रतिशत, भारत ५८ प्रतिशत, भियना ९५ प्रतिशत र नेपालमा ६५ प्रतिशत मानिसहरु कृषि पेशामा संलग्न छन् । जसका आधारमा भन्न सकिन्छ सबै प्रकारका जिवजन्तुलाई आफ्नो अस्तित्व कायम राख्दै संघर्षपूर्ण जीवनयापन गर्न खाद्यान्न तथा लत्ताकपडाका माध्यमबाट पुर्याउने मुख्य जिम्मेवार तत्व कृषि हो ।

नेपालको विश्व आर्थिक जग्तमा आफूलाई कृषि प्रधान मुलुलकका रुपमा उभाएको छ जसको आर्थिक विककासको प्रमुख स्रोत नै कृषि प्रणाली हो कृषि क्षेत्रको विकास, विस्तार, व्यवसायिकरण विना नेपाली अर्थतन्त्रले तिव्र गतिको आर्थिक वृद्धि तथा विकास प्राप्त गर्न नसक्ने कुरालाई नेपाली अर्थविद्धहरुले स्विकार गरिसकेको वर्तमान समयमा कुल जनसंख्याको ६५ प्रतिशत भन्दा बढि जनता प्रत्यक्ष रुपमा कृषि पेसामा संग्लन रहेको तथा कुल ग्राहस्थ उत्पादनमा ३३.१ प्रतिशत योगदान पुर्याउने समेत प्रमाणित गरिसकेको छ । नेपाली जनजीवनको मुख्य आय स्रोत कुषि नै भएकाले कृषिको विकास विना नेपालीहरुको जीवनस्तर उठाउन सकिदैन भन्ने तथ्य स्पष्ट नै छ ।

कृषिको विकास बाट मात्र स्वदेशभित्र बचत र विनियोग बढि हुन सक्ने अवस्थाको सृजर्ना भई औद्मोगिक विकास समेतलाई आधार कायम हुने भएकाले नेपालमा कृषि विकासलाई बढि प्राथमिकता प्रदान गरिदै आईएको छ । वि.स. २०१३ सालबाट नेपालमा योजनाबद्द योजना कार्यक्रमको सुरुआत गरिसँगै कृषिको विकासको लागि विभिन्न प्रकारका कार्यक्रमहरु अगाडि बढाउदै लगिएको पाइन्छ । विं.स. २०१३ सालभन्दा कृषिको विकास तथा बिस्तारका लागी सिचाई सुविधा दिनका लागी चन्द्रनहर र जुद्दनहरको स्थापना गरिएको थियो । नेपालको कुल भुभागको १८ प्रतिशत जमिन मात्र खाद्मान्न उत्पादनका लागी उपर्युक्त रहेको वर्तमान समयमा बैदशिक रोजगारी प्रतीको बढ्दो मोहका कारण करिब ३ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ ।

जुन कुराले नेपाल एक कृषि प्रधान मुलुक हो भन्ने कुरालाई विरोधाभाष बनाएको छ एवंम प्रकारले जमिन बाझो राख्दै जाने हो भने अबको ३० वर्ष भित्र नै खाद्म सङकट् भोग्नु पर्नेछ जसलाई विप्रेषण बाट प्राप्त आयले समाधान गर्न सक्दैन । नेपाली कृषि प्रणालीलाई अन्य देशको कृषि प्रणालीसँग तुलनात्मक अध्ययन गर्दा निर्वाहमुखी भनेर बुझ्नु पर्ने बाध्यता छ । नेपाली कृषिमा परिवर्तन ल्याउनका लागि विभिन्न योजनाहरुमा यसलाई प्राथमिकता कार्यक्रमको सुचीमा राखिएता पनि तिनले खासै उपब्लधी मूलक प्रतिफल दिन सकेन दिएन केवल विभिन्न राजनैतिक दलका कार्य कर्ताहरु बिना धितो कर्जा तथा त्यसको एक वर्ष पछि कर्जा मिनाहाहरुको सुविधा हो यहि प्रथाले नै नेपाली कृषि प्रणालीले प्रगति गर्नु नसक्नुको मुख्य कारक तत्व हो ।

वर्तमान समयमा कोभिड १९ का कारणले शिथिल बनेको नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने बलियो र भरपर्दाे माध्यम भनेको कृषि प्रणाली नै हो । यस असहज परिस्थितीमा पनि घरेलु अर्थतन्त्रलाई सञ्चालन गर्नका लागी कृषि क्षेत्रले निकै महत्वपूर्ण भुमिका खेलेको तथ्यलाई कुल्चिनु हुदैन् । कोभिड १९ का कारणले थला परेको नेपाली अर्थतन्त्रलाई पुनः जीवन प्रदान गर्न सक्ने आधारहरु तत्कालका लागी नेपाली अर्थतन्त्रमा उत्पादनमूलक तथा अन्य सेवामूलक उद्योग तथा पेसा व्यवसायमा पाउन सकिदैन । पछिल्लो समयमा तीन वटै सरकारबाट प्रस्तुत गरिएका बजेटहरुले पनि अर्थतन्त्रलाई सहि गतिमा हिडाउने बलियो आधार मानेर सोहि अनुसारका नीति तथा कार्यक्रम समावेश गरिएकाले पनि नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा कृषि नै रहेको कुरा प्रमाणित भएको पाईन्छ । नेपाली अर्थतन्त्रलाई बलियो बनाउने आधारहरुका केही नमुनालाई यहाँ प्रस्तुत गरिएको छ :

रोजगारीको स्रोत
सरकारी तथा विभिन्न गैरसरकारी संस्थाका पछिल्लो तथ्यांक अनुसार नेपालमा मात्रै नीजि क्षेत्रमा कोभिड १९ का कारणले ३५ लाख युवाले अल्पकालिन तथा त्यसको २५ प्रतिशतले दीर्घकालिन रुपमा आफ्नो रोजगारीको अवसर गुमाई सकेका छन भने विदेशीएका ४४ लाख युवामा १५ लाख युवा पनि नेपाल फर्किदै छन् । यि सबैको उचित व्यवस्थापन गर्न सक्ने क्षमता केबल नेपाली कृषि क्षेत्रमा रहेको छ ।

नेपाली कृषि प्रणालीमा पशुपालन, खेती प्रणाली, दलहन, नगदे बाली, तथा कृषि जन्य अन्य गतिविधिले वार्षिक थप १० लाखको संख्यामा नयाँ रोजगारीका अवसर सिर्जना गर्न सक्ने सार्माथ्य राख्दछ । नेपाली अर्थतन्त्रमा स्थापना भएका अधिकाशं उद्योगको लागी आवश्यक पर्ने कच्चाँ प्रदार्थ पनि यसै क्षेत्रमा निर्भर हुने भएकाले पनि नेपाली अर्थतन्त्रलाई सहि गतिमा हिडाउने क्षमता यसैमा निहित छ । जसको लागी सम्बन्धित पक्षले यसमा रहेका विविध समस्याहरुको स्थायी समाधानका लागी ध्यान दिनु आवश्यक छ । वर्तमान समयमा पनि कुल आन्तरिक रोजगारी मागको ६५ प्रतिशत हिस्सा यहि क्षेत्रले आपूर्ती गर्ने गर्दछ । साथै कुल ग्राहस्र्थ उत्पादनमा यसको योगदान प्रमुख स्थानमा रहेको छ ।

विशेष गरी नेपालको संविधान २०७२ कार्यान्वयनमा आए पछि यसको आवश्यता र महत्वलाई आत्मसाथ गरी प्रधानमन्त्रि कृषि आधुनिकीकरण तथा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सुरुवात गराई त्यसलाई बाली तथा पशु बीमाको प्रिमियम, चिया उद्योग स्थापना, सार्वजनिक निजी साझेदारीमा स्थानीय निकायमा अनुदान, रासायनिक, उन्नत बिउ विजन, मत्स्य पोखरी निर्माण, युवा लक्षित कार्यक्रम, तरकारी, च्याउ, कृषि बजार पूर्वाधार निर्माण जस्ता कार्यक्रममा जोड दिईनुले पनि नेपाली कृषिले रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गरी अर्थतन्त्रलाई मजबुत बनाउने कुराको प्रमाणित रुप हो ।

पूजीँ निर्माणको स्रोत
देशको सम्पूर्ण पक्षको विकासका लागी ठूलो मात्रामा आर्थिक लगानीको आवश्यता पर्दछ । यद्दपि नेपाली अर्थतन्त्र परनिर्भर प्रणाीमा चलेको हुनाले आवश्यता अनुसारको रकम तत्कालै जोहो गर्न सकिने औद्योगिकरणको विकास नभएको परस्थितीमा कृषि क्षेत्रबाट स साना एकाइमा प्राप्त हुने रकमलाई प्रयोग गर्न सकिन्छ । विकासोन्मुख राष्टले आफ्नो अर्थतन्त्रलाई विकास कसरी गराउन सक्छ भन्ने विषयमा अर्थशास्त्रिहरुको सन्तुलित तथा असन्तुलित दुवै नमुनाको परिचालन यसै क्षेत्रको सक्रिय सहभागितामा भर पर्ने कुरालाई अर्थशास्त्रि टोडारो, लेविस,एच.एल. थेलर, अमात्य सेन आदिले पनि स्विकारेको पाइन्छ ।

नेपालको कुल जनसंख्याको ६५ प्रतिशत जनसंख्या यसैमा आश्रित भएर आफ्नो अर्थतन्त्र चलाइरहेको समयमा उनिहरुको आम्दानीको केही अंश बचत तथा ऋण कृषि सहकारीका माध्यमबाट बचत गराउन सकिने प्राप्त सम्भावना पनि रहेका छन् । यसरी बचत गरिएको रकमलाई पुनः सोही सहकारी माध्यमबाट ठूलो मात्रामा लगानी आवश्यक परेका क्षेत्रमा लगानी गरी पूँजी निर्माणको आर्थिक कार्यमा आमूल परिवर्तन ल्याउन सक्ने प्रशस्त सम्भावना रहेको छ । वर्तमान समयमा कोभिड १९ का कारणले अन्य पेसा व्यवसायबाट तत्कालका लागि पूँजी निर्माण प्रक्रिया अगाडि बढाउन कठिनाई भएको समयमा यस क्षेत्रले नेपाली पूँजी बजारलाई गति प्रदान गर्न सक्ने प्राप्त आधारहरु रहेका छन ।

जसलाई यससँग सम्बन्धित पक्षले समयमा ध्यान पुर्याउन जरुरी रहेको छ । नेपाली अर्थतन्त्रको दीर्घकालिन विकास र विकसित मुलुकमा उकास्ने योजनालाई सार्थकता दिन आवश्यक पर्ने सम्मपूर्ण पूँजी यसै क्षेत्रको व्यवसायिकरण,बजारीकरण, आधुनिकीकरण भर पर्ने भएको यसतर्फ यथोचित मात्रामा ध्यान दिन जरुरी रहेको छ ।

वैदेशिक मुद्रा र सरकारी राजस्वको स्रोत
नेपाली अर्थतन्त्रमा बैदेशिक मुद्रा आर्जन हुने विभिन्न स्रोतहरु जस्तै औद्योगिक वस्तुको व्यापार, पर्यटन, बैदेशिक रोजगारी रहेको भएता पनि वर्तमान विश्व स्वास्थ्य महामारीको समयमा पनि निवार्ध रुपले बैदेशिक मुद्रा आर्जन गराउन सक्ने क्षेत्रका रुपमा कृषि क्षेत्रले आफूलाई स्थापित गरिसकेको छ।महामारीको समयमा पनि औद्योगिक देशहरुमा कृषि उपभोग्य वस्तुको माग निरन्तर गतिमा भइराखेको हुन्छ । सहज वा असहज जुनै समयमा पनि कृषि क्षेत्रले नेपाली अर्थतन्त्रमा बैदेशिक मुद्रा आर्जन गराउने सामाथ्र्यता राखेको छ । यसका अत्तिरिक्त नेपाली कृषि उत्पादनहरु जस्तै चिया, कफि, अलैंची, दलहन, छाला आदि बैदेशिक खरिदकर्ताले खरिद गर्दा केही निश्चित रकम करका रुपमा तिरेका हुन्छन । जसले नेपाली अर्थतन्त्रमा रकमको अभाव हुन नदिनुका साथै सरकारको कर राजस्वमा पनि वृद्धि ल्याउने काम गरेको हुन्छ ।

अन्त्यमा, नेपाल सरकार तथा यसका सम्बन्ध पक्षहरुका बीचमा कार्यगत एकता र निष्पक्षता सहित कृषि क्षेत्रलाई प्राथमिता क्षेत्र भित्र समावेश गरेर अल्पकालिन र दीर्घकालिन रणनीतिका थप कार्यक्रमहरु सञ्चालन गरिएमा यस क्षेत्रमा आर्थिक रुपान्तरणका लागि प्रवल सम्भावनाहरु रहेका छन । जसका लागि सरकार, सहकारीता तथा निजी क्षेत्र संयुक्त रुपमा एक ढिक्का भएर करिब एक दशकसँगै सहयात्रा गर्न सकेको परिस्थिती नेपाली युवाहरु आफ्ना आधारभूत आवश्यकता पूर्तीको लागी बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य भई नेपाली अर्थथन्त्रले आफ्नो परिचयमा श्रमिक निर्यात गर्ने देश नभई श्रमिक आयात गर्ने देशका रुपमा विश्व अर्थतन्त्रमा आफूलाई परिचित गराउनेछ ।