पाल्पा । झ्याङ्ला स्मार्ट कृषि गाउँ कार्यक्रमले स्थानीयहरुको उत्पादनमा बढवा दिएको प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छन् । शनिबार पाल्पाको तिनाउ गाउँपालिकाले सञ्चालन गरेको स्मार्ट कृषिको समीक्षा तथा भावी कार्यक्रम सम्बन्धि छलफलमा कार्यक्रममा बोल्दै नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्न स्मार्ट कृषि कार्यक्रमले महत्वपूर्ण मूमिका खेलेको बताइन् ।
सोही कार्यक्रममा प्रदेश सभा सदस्य वसन्त घर्तिमगरले स्थानीय कृषकहरुलाई गाउँमा बाँच्ने आधार स्मार्ट कृषि कार्यक्रमले दिएको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगर, राजेश श्रेष्ठ, दलबहादुर गुरुङ, अमर प्रधान, चक्रव्यूह थापा, ईमानसिह थापा लगायतले गाउँमा स्मार्ट कृषि कार्यक्रम लागू भएपछि गह्रा सुधार, सिंचाई र प्रविधिमैत्री कृषि प्रणालीमा फाईदा पुगेको बताए ।कार्यक्रममा सो स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष चोपलाल गिरीले आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण, आयव्यय र भावी योजना समेत पेश गरेका थिए । कार्यक्रममा समितिले मध्यावधि कार्यको समीक्षा पुस्तक प्रकाशन गरि वितरण समेत गरेको थियो ।
प्रतिक्रिया