वर्तमान पुस्ताका आवश्यकता परिपूर्तिका लागि स्रोत साधनको परिचालन गर्दा भोलिका सन्ततिको दैनिक जीवन र आवश्यकता खलल नपुग्ने गरी गरिने विकास दिगो विकास हो । दिगो अर्थात दिर्घकालिन भन्ने बुझिन्छ । जुनसुकै विकास निर्माणको कार्य भइँरहँदा आजको पुस्ता या अल्पकालिन सुविधा मात्र हेरेर हुँदैन भोलिका दिनमा त्यो कामबाट भावि पुस्ताले के पाँउछ, कस्तो असर पर्छ भन्ने आँकलन गरेर उपलब्ध स्रोत साधनको उपयोग गरिनुपर्छ । विकासको कुरा गरिरहँदा विकाससँगै वातावरण पनि जोडिन्छ ।
पृथ्वीमा रहेका सजिव र निर्जिव बस्तुहरु एक अर्कामा परिपूरक हुन्छन् । कुनै पनि विकास निर्माण गर्दा त्यसबाट भौतिक र अभौतिक वस्तु वा अवस्थामा के कति असर पर्छ र कति लाभ हुन्छ भन्ने आँकलन गरिनु पनि दिगो विकास हो । विकासका कुनैपनि क्रियाकलाप गर्दा होस् वा मानिसका आवश्यकता पूरा गर्दा वातावरणलाई हानि नपुर्याई विकासका क्रियाकलाप गर्नु नै वातावरण व्यवस्थापन हो । २१ औँ शताब्दी यूगको खाँचो विकास हो ।
सडक, बिजुली, सञ्चार विकासकोे फड्को मार्ने पूर्वाधार हुन् । तर, यस्ता विकास सँगै प्रकृतिको विनाश पनि भइरहेको हुन्छ । प्रकृतिको कम प्रयोग र बढि उपयोग गर्नु नै दिगो विकास हो । विकास र प्रकृति बीच अनुकूल सम्बन्ध नरहँदा पर्यावरणमा ह्रास आई ठूलो संकट पर्न सक्छ । हामीले चाहिरहने विकाससँगै पृथ्वीमा रहेका जीव, पहाड, नदीनाला, खनिज, हिमाल, पहाड आदिको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।
वर्तमान र भावी पुस्ताका लागि विकाससँगै वातावरण व्यवस्थापनमा पनि जोड दिनु हाम्रो कर्तब्य हुन्छ । विकास सबैको एउटा आवश्यकता हो भने बिकाससँगैको विनाश अर्को सोँच्न पर्ने कुरा हो । जुनसुकै विकासको क्रियाकलाप गरिरहँदा वनजंगलको संरक्षण गर्न खोजिएन भने भूक्षय, बाढी, पहिरो अर्को संकटको बिषय बन्न पुग्छ । अहिले वर्षायामको समयमा सडक पूर्वाधार विकासको लहर चलिरहँदा दिनँहु बाढी, पहिरोले जनधनको क्षति पुर्याएको सुन्न र देख्न सकिन्छ ।
सडक निर्माण एउटा आवश्यकता हो तर त्यो सडकबाट के कति र कसरी लाभाम्वित हुन्छन् र के कति क्षति हुन्छ भन्ने पूर्वानुमान गरिनु एउटा कर्तब्य हो । देश विकसित हुन सडक, बिजुली, सञ्चार जस्ता पूर्वाधारको व्यापक विकास हुन जरुरी छ जसले अहिले देशका कुना काप्चामा फलिरहेका फलफूल, तरकारी, कोदो, यार्सागुम्बा जस्ता चिजलाई विश्वव्यापिकरणको माध्यमबाट केहि कतै लाभ लिईरहेका छौँ । तर, यसो भइरहँदा ती विकास गर्दा भइरहने क्षति पनि व्यवस्थापन गरिनुपर्छ ।
जनसंख्या, वातावरण र विकासबीच एकले अर्कोलाई क्षति नपुर्याई एक अर्कोको परिपूरक हुने गरि समानुपातिक ढंगले अगाडि बढाउनु वातावरण व्यवस्थापन हो । विकास र विनाश सुन्दा र पढ्ढा उस्तै लागेपनि धरै फरक छ हामिले न्यूनतम विनाशसँगै अधिकतम विकास गर्नु चूनौतीसँगै कर्तब्य पनि हो । त्यसैले संयुक्त राष्ट्र संघले ६९ औं महासभा, २०१५ सेप्टेम्वर २५ मा दिगो विकास लक्ष्य २०३० पारित गर्याे । जसमा १७ वटा लक्ष्य राखिएका छन् र सारमा स्वच्छ पानी, जलवायु परिवर्तन, जैबिक बिबिधता जस्ता कुराहरुलाई केन्द्रित गरेको छ । अर्थात विकास गर्दा वातावरणलाई हानी पुर्याउने तत्वहरुको न्यूनिकरण, वातावरणमा ह्रास ल्याउने गतिबिधि नियन्त्रण गर्नुपर्ने हुन्छ । विकासका क्रियाकलाप गर्दे गर्दा सधै प्रकृतिको ख्याल गरौं ।
प्रतिक्रिया