एउटी आमाको काख रित्तो पारेर ति अवोध बालबालिकालाई रूवाउँदै घरबाट निस्कन बाध्य बनाउने कथित यूट्यूबर यो समाजमा घट्ने जघन्य अपराधका प्रमुख कारक तत्व हुन् । आफै अदालत आफैं न्यायाधीश अनि आफै प्रशासन बनेर कसैको भाग्य लेख्ने भाग्य न्यौपाने जस्ता यूटूबरलाई कार्बाही कसले गर्ने सरकार ? भाग्य न्यौपाने र शिशिर भण्डारी (आफूलाई समाजसेवी युट्युबर सम्झिने वरिष्ठहरु) जसरी खनखनी पैसा गनेर फिर्ता गर्नु भो त्यसरी यो भिडियो बनाएर भ्यूज आएबापत यूट्यूवमा कति पैसा आयो खनखनी गनेर जनतालाइ बताइदिनु होला । र, त्यो भिडियो बनाएर जति पैसा आयो त्यही नानीलाई दिनुहोला । बिचरा नानीलाई कमाइखाने भाँडो बनाए, निर्दोष नानीलाई बिचरा ।
भाग्यजीले भन्नु भयो, पुष्पा अधिकारीलाई हैन नानीको भविष्यको लागि सहयोग गरेको भनेर, फेरि त्यो फिर्ता लिएको पैसा त्यही नानिलाई दिँदा हुँदैन ? बच्चाको के दोष थियो ? भाग्य न्यौपाने, हजुर पनि एउटा आमाको काखमा जन्मेर हुर्केर यो स्थानसम्म आएको बिर्सिनु भयो ? एउटा महिलालाई त्यसरी थर्काउने हजुरको संस्कारले सिकायो हो ? आफ्नै श्रीमतीको कोठामा जानभन्दा अगाडि सोध्नुपर्ने जमाना आएको छ । हजुर त पुष्पा अधिकारीको घरमा गएर अन्धधुन्द थर्काउनू भयो । के यो सही हो ? खाडी मुलुकमा रगत पसिना बगाएका बिचरा गरीब दुःखीले आफ्नो भाग काटेर ती अबोध बच्चाहरूका लागि दिएको रकम लगेर दिने हजुर जस्ता युट्यूबेहरुलाई हामीले समाजसेवी भनेर सम्बोधन गर्नुपर्ने ? समाजसेवा गर्ने भए पत्रकार छोड्नुस् सुटुक्क गर्नुहोस्। फोटो खिच्न र भिडियो बनाउनका लागि नाटक नगर्नुस् ।
भाग्यजी तपाइँको कारणले आज ती १५ जना भाईबहिनीहरु त लथालिङ परे नि । हैन के पाउनु भो ? पैसा तपाइँले त्यो दिदीलाइ दिएको कि ती १५ जनालाइ ? १५ जनालाई हो भने किन फिर्ता ? तपाइँ माध्यम हो । तर, पैसा त बिदेशमा पसिना काँडेर कमाएका दाता ले दिएका हुन नि हैन ? दाता को पैसा किन फिर्ता ? सामाजिक दुरि कायम गर्नु पर्दैन तपाइले ? यूट्यूब चलाएर हिड्दैमा अन्तबार्ता लिने शैली हुँदैन ? अरुले गल्ति गर्दा माफ दिन नहुने सहयोग नै फिर्ता लिनुपर्ने तपाइँको गल्तीलाई चै माफ गर्नै पर्ने ? ती अबोध बालबालिका जो एक आपसमा खुशी थिए तपाइँले गर्दा आज छिल्ल-बिल्ल भएनन ? महिलाले गल्ती गरेकी हुन् । तर, १५ जना बच्चा पनि त पालेकी थिइन नि होइन र ? १५ जना बच्चा पाल्नु र अरुले दिएको सहयोग बाड्नु कुन काम गार्हो छ हजुर ?
अब बच्चा सरकारले पाल्छ नै भन्ने हो भने तपाइँले पनि समाज सेवा किन गर्नुपर्यो सरकार छ नि ! म पनि तपाइँको ठूलो समर्थक हँ । तर, तपाइको पछिल्लोे शैलीले तपाई माथिको विश्वास म जस्ता धेरैको तोडिएको छ हजुर। एउटा महिलालाई गरेको दुव्र्यव्यहार देख्न सकिन त्यसैले यो प्रश्न गर्न बाध्य भएको हो। ती महिलाबाट जेसुकै गल्ती भएको भएतापनि पत्रकारले गरेको हाउभाऊ अत्यन्तै अमर्यादित, अशिष्ट , एकप्रकारले भन्ने हो भने यो समग्र महिला माथिकै अपमान नै हो भन्छु म।
यो भिडियो इतिहास बनेर रहन्छ र सारा विश्वले हेर्छ । के यही हो महिलाप्रति गरिने ब्यवहार? फुटेज हेर्दा अत्यन्तै अशिष्ट छ, यिनको पत्रकारिता, यो अविलम्ब सच्याउनु जरुरी छ । हामीलाई विल्कुलै पाच्य भएन । महिलाको पनि बदमासी देखिन्छ तर, त्यो बदमासी कुन प्रकृतिको हो ? बुझन जरुरी छ ।
एउटा बिना बाबुको बच्चा र ती आमाको अवस्था पनि निकै गम्भीर रहेछ । उनीहरुलाई उद्धार गर्ने पवित्र उद्देश्य थियो होला । तर, तरिका बिल्कुल गलत छ । यस्तो गरिनु दण्डनीय छ । मान्छे हो त्यसमाथि ति दुवै नारी नै हुन् जसरीतसरी बुद्धि पुगेन गलत तरिका अपनाएर आलोचित बन्न पुगे । गल्ती मान्छे बाटै हुन्छ त्यसको भागिदार जोसुकै हुन्छ । तर, थोरै नारी प्रति सम्वेदनशील हाम्रो समाज बन्नै पर्छ । उद्देश्य ठीक हुँदाहुँदै तरिका गलत भयो भन्दैमा समग्र नारीलाई अभद्र व्यवहार गरिनुपर्छ भन्ने सन्देश दिने किसिमको फुटेज बजारमा आउनु अनि आम नेपाली समाज टुलुटुलु हेरेर बस्न सक्दैन ।
यस्ता सामग्रीले नारीको इज्जत र गरिमा माथि आँच पुर्याउने मात्र हैन,भविष्यमा दुर्ब्यबहार गर्न उक्साउन बढावा दिन सक्छ ।बिदेशबाट फर्किएकी महिलाले जन्माएको बच्चा र त्योसँग जोडिएर आएको बिषयले प्रमुखता पाउनुको पछाडिबालगृहको कालो धन्दा, यूट्यूब हेर्ने दर्शकले पत्याएका यूट्यूबरहरु शिशिर भण्डारी र भाग्य न्यौपाने जोडिनु पनि प्रमुख कारण हो ।
भाग्य न्यौपाने र शिशिर भण्डारीले बच्चालाई दिएको पैसा फिर्ता मागेछन् । तर, त्यो ट्यूबमा रहेको बच्चाको भिडियोबाट जुन पैसा कमाइरहेका छन् त्यो चाहिँ के गर्ने कसलाई फिर्ता दिने ? आफ्नो पैसा भनेर फिर्ता माग्ने अनि त्यही बच्चाबाट कमाएको पैसा कुन नैतिकताले आफूले राख्ने होलान ? यूट्यूवरहरुले यस्तै भिडियो बनाएर कमाएको पैसाको अडिट खै कस्ले गर्यो? देश लुटेर खाने नेता होइन यहाँ यूट्यबर हुन भन्ने यो कुराबाट पुष्टि हुन्छ।।
३३ किलो सुन, वाइडवडि, मेलम्ची, बालुवाटार, एनसेल, कोरोना लगाएत थुप्रै काण्ड हुँदा यी पत्रकार तथा यूट्यूबर मित्रहरूले जसरी पुष्पा दिदीलाइ घेरेर एकदमै दर्हो आवाजका गोली बरर प्रहार गरेका थिए। त्यसरी नै ती माथी उल्लेखित काण्डका ब्याक्तीहरुलाई पनि यिनै पत्रकार तथा यूट्यूबर मित्रहरूले आवाजका गोलीहरु प्रहार गरेर कानूनी रुपमा जसरी पुष्पा दिदीलाई जहाँ पुर्याउनु भयो त्यसरि नै उनिहरुलाइ पनि पुर्याएका भए सायद देशले कोल्टे फेरि सक्थ्यो त्यति खेर कता गएका थिए ? त्यस्ता ठूला ठूला केसमा मौन तर, पुष्पा दिदिको केसमा …कठै मेरो देश नेपाल। पावर भए देशै निले पनि केही नहुने पावर नहुनेलाई…कठै मेरो देशको स्वतन्त्रता र गणतन्त्र ।
एउटी महिलाको गलत कार्यले परिवार र समाजबाट बँच्न बचाउको अवाज बाहिर आयो जसलाई मध्ये नजर गरि बचाउको निम्ति गरिएको बचाउने तरिका गलत हुनाले ११ देखि १५ जना सम्मको अनाथ नानीहरु झन् अनाथ हुन पुगे आमा भन्ने शब्द यो धर्तीमा हुँदैनथ्यो भने यहाँ कसैको जन्म पनि हुने थिएन, त्यसैले नारी जननी हुन्, सबैले इज्जत दिएर सम्मान गरौँ । यही नै हाम्रो नेपाली समाजको सभ्यता हो ।
प्रतिक्रिया