ताजा अपडेट »

ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण (फोटोफिचर)

शुक्रबार, २३ साउन २०७७

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका भाइरस (कोभिड- १९) महामारीबीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नचाइने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण ।

गाईजात्राको भोलिपल्ट चारदिन प्रत्येक राति १० बजेदेखि बिहान करिब ६ बजेसम्म बोडेको लाछि टोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँका नचाईन्छ ।

यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई रहेको गरी १९ देवगण रहेका छन् ।

तस्वीर : रत्न श्रेष्ठ / रासस