बुटवल । मुलुकभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउन रुपन्देहीको बुटवलका साईक्लिस्टहरु अभियान सुरु गरेका छन् । सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाऔंं, भौतिक दुरी कायम गरौं, आफु पनि सचेत बनौ, अरुलाई पनि सचेत बनौ लगायतका सुचना साउण्ड सिस्टममा सुनाउँदै उनीहरुले मास्क र गोल्बससहित कोभिड- १९ को संक्रमण रोक्न अभियान सुरु गरेका हुन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगलले मर्निङ वाकमा हिंडेको एक वृद्धलाई मास्क वितरण गरेर कार्यक्रमको उद्घाटन गर्दै युवा वर्ग सचेतना हुनुपर्ने बेला आएको बताए । रुपन्देही साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधरले लकडाउनसँगै साईक्लिङको लहर बढेको बताए ।
ह्याप्पी साईक्लिङ क्लबको आयोजना तथा रुपन्देही जिल्ला साइक्लिङ संघ, साइकल सिटी बुटवलको सहकार्यमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नम्बर १ र २ का टोलमा सचेतना जगाउने तथा क्लबका उपाध्यक्ष किरण श्रेष्ठले वडाअध्यक्ष महेन्द्र लिगल, अप्सरा स्टोरका आषिक हुसैन र सुनिल शाक्यबाट प्राप्त ५ सय मास्क वितरण गरिएको क्लबका अध्यक्ष सुमन श्रेष्ठले बताए ।
प्रतिक्रिया