तिनाउ । पाल्पाको तिनाउ गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरियुक्त गाउँपालिका बनाउने अभियान अन्तरगत वडा नम्बर २ दोभान स्वास्थ्यचौकीमा सुविधा सम्पन्न प्रसुति केन्द्र यसै वर्ष देखि सञ्चालनमा आउने भएको छ । गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यचौकी तथा स्वास्थ्य इकाईहरुको वार्षिक समिक्षामा बोल्दै गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले सबै स्वास्थ्यचौकीहरुलाई सुविधा सम्पन्न बनाउने अभियानमा रहेको जानकारी गराए ।
गाउँपालिकामा स्वास्थ्य इकाई केन्द्रहरु सञ्चालनमा ल्याएपछि नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्न सहज हुने गरेको गाँउपालिका उपाध्यक्ष दमयन्ती थापाले जानकारी गराइन् । तिनाउमा विभिन्न वडा तथा गाउँहरुमा सञ्चालनमा रहेका ४ स्वास्थ्यचौकी तथा ८ सामुदायिक स्वास्थ्य इकाईका उपलब्धि तथा गतिविधि बारे जानकारी गराउँदै गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख कृष्ण कार्कीले स्वास्थ्य सुविधा तथा सचेतनामा सकारात्मक परिवर्तन पाइएको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी, सबै वडाका अध्यक्ष, स्वास्थ्य कार्यालय पाल्पाका प्रभास पन्थी, ओमप्रकाश पन्थी, सुआहारा फिल्ड सुपरभाइजर दिनेश घिमिरे, किड्स नेपाल पाल्पाका सुवास दवाडी, सबै स्वास्थ्य संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया