ताजा अपडेट »

गुल्मीमा कारोना संक्रमित घट्दै, ५ जना मात्रै आइसोलेसनमा

बुधबार, २१ साउन २०७७

गुल्मी । गुल्मीमा कोरोना संक्रमित संख्या घट्दै गएको छ । जिल्लामा ५ जना मात्रै उपचारमा रहेका छन् । जिल्लामा कुल संक्रमित ३ सय ६७ मध्ये ३ सय ५९ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
कोरोना मुक्त भएर घर फर्किनेहरुमा ३ सय जना पुरुष र ५९ जना महिला रहेका छन् । कोरोना संक्रमितमध्ये आइसोलेसनमा रहेकाहरुमा गुल्मीदरबार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आइसोलेसनमा राखेर घर पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रावधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट २ हजार ४ सय १६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा १७ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।